Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेप्से ८ अंकले सुधारिँदा यी कम्पनीको बढ्यो सेयर

नेप्से ८ अंकले सुधारिँदा यी कम्पनीको बढ्यो सेयर

  • सोमवार, जेठ ८ २०८०

  • 277
    SHARES

  • नेप्से ८ अंकले सुधारिँदा यी कम्पनीको बढ्यो सेयर

    काठमाडौं। आज नेप्से परिसुचक ८.१० अंकले बढेको छ। कारोबार समयमा केही घटेपनि अन्तिम समयमा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो। यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ।

    यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ। नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ।

    यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ।यस्तै, आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ।

    आज यो कम्पनीको सेयर ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो। यसपछि सोल्टी होटलको सेयर ६ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ।

    परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ।व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन्। यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन्।


    सोमवार, जेठ ८ २०८००३:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij