Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्छ : प्रेम सुवाल

शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्छ : प्रेम सुवाल

  • सोमवार, जेठ ८ २०८०

  • 323
    SHARES

  • शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्छ : प्रेम सुवाल

    काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्ने बताउनु भएको छ।

    सोमबार प्रतिनिधि सभाको बैठमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै सुवालले पूर्व प्रधानमन्त्रीहरुलाई पनि सो प्रकरणमा बयान लिनु पर्ने बताउनु भएको हो।

    बैठकमा सुवालले प्रश्न गर्दै भन्नुभयो–‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिहरुको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ। नेपालीलाई नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्व उपप्रधानमन्त्रीहरु प्रहरी अनुसन्धानमा छन्। पूर्व प्रधानमन्त्रीहरुलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा रहेका छन् ।


    सोमवार, जेठ ८ २०८००२:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij