Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३ अभियोगमा ३३ जना प्रतिवादी

शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३ अभियोगमा ३३ जना प्रतिवादी

  • सोमवार, जेठ ८ २०८०

  • 789
    SHARES

  • शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३ अभियोगमा ३३ जना प्रतिवादी

    काठमाडौं। नक्कलि भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले फाइल बुझाएको जानकारी दिनुभयो।

    अब फाइल अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गरिने उहाँले बताउनु भयो। प्रहरीले ३३ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिएको छ। १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ।

    त्यसैगरी उनीहरुलाई ३ वटा अभियोग लगायन राय दिइएको छ। जसमा संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउनुपर्ने रायमा उल्लेख गरिएको छ।

    प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो। यो प्रकरणमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ।यो ठगी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्।

    यो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन्।

    त्यस्तै, गृह मन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी,केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, टेक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी गरी १६ जना पक्राउ परेका छन्।


    सोमवार, जेठ ८ २०८००१:५९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij