Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भण्डारीको नेतृत्वमा नेपाल अमेरिका पत्रकार संघको नयाँ कार्यसमिति चयन 

भण्डारीको नेतृत्वमा नेपाल अमेरिका पत्रकार संघको नयाँ कार्यसमिति चयन 

  • सोमवार, जेठ ८ २०८०

  • 679
    SHARES

  • भण्डारीको नेतृत्वमा नेपाल अमेरिका पत्रकार संघको नयाँ कार्यसमिति चयन 
    काठमाडौं । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा बुटवलबाट पत्रकारिता सुरु गरेका सुरज भण्डारी निर्वाचित हुनुभएको छ । 
     
    यसअघि संघको महासचिव रहनुभएका भण्डारीले आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी भन्दा झण्डै तेब्बर मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ५४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाउनुभएको छ। 
     
    नेजामा कुल ८१ जना सदस्य रहेकोमा ७३ जना मात्रै मतदानमा सहभागी भएका थिए । अन्य आठ जना अनुपस्थित थिए । अमेरिकाको टेक्ससमा भएको नेजाको आठौँ अधिवेशन तथा १६औँ साधारण सभाबाट अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् । 
     
    अधिवेशनबाट नेजाको उपाध्यक्षमा सुजन पण्डित, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा, महासचिवमा बाबुराम दाहाल र सचिवमा प्रतिमा बास्कोटा चयन भएका छन् ।
     
    सदस्यहरूमा भने केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित भएको नेजाका संस्थापक अध्यक्ष तथा आठौँ अधिवेशनको निर्वाचन समितिका संयोजक गिरीश पोखरेलले जानकारी दिनुभयो ।


    सोमवार, जेठ ८ २०८००७:१६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij