Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सरकारका नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको स्वागत

सरकारका नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको स्वागत

  • शनिवार, जेठ ६ २०८०

  • 256
    SHARES

  • सरकारका नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको स्वागत

    काठमाडौं। उद्योगी तथा व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन रहेको बताएका छन्। महासंघ र चेम्बरले आफूहरूले सरकारलाई नीति तथा कार्यक्रममा समेट्न दिइएका सुझाव सम्बोधन गरिएको भन्दै सरकारी कार्यक्रमलाई समर्थन रहेको जानकारी दिएका हुन्।

    महासंघले अहिलेको आर्थिक अवस्था,अर्थतन्त्रको समग्र मागमा आएको ह्रास,तरलता संकुचन,उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय समावेश गरिएकामा प्रसन्नता व्यक्त गरेको हो।

    महासंघका नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटले कुन दिशामा लिने हो र कसरी अनुसरण गर्ने वा समेट्ने हो, त्यो हेर्नुपर्ने उसले बताएको छ। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नीति तथा कार्यक्रममा समावेश गरिएका विषयमा बजेटमार्फत कसरी सम्बोधन हुन्छ,त्यो हेर्न बाँकी रहेको जानकारी दिनुभयो।उहाँले महासंघले दिएका विषयजस्तै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार मानेकोमा खुसी व्यक्त गर्नुभयो।

    यस्तै, नेपाल चेम्बर अफ कमर्सले पनि आफूले राखेका विषय सम्बोधन भएपछि सरकारको नीति तथा कार्यक्रमलाई समर्थन भन्दै नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ।आज विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला नीति कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ।

    नीति तथा कार्यक्रम ‘कनिका छरेजस्तो’ बनाउनेभन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ। सरकारद्वारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्ययीता कायम गर्न खोज्नु सकारात्मक भएको चेम्बरको भनाइ छ।


    शनिवार, जेठ ६ २०८००३:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij