काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको बताउनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारत भ्रमण नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको उद्घोष गर्नुभएको हो।
‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विस्वासका साथ तयारी भएको छ।’उहाँले भन्नुभयो,‘मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा नेपालको राष्ट्रको पक्षमा बनाउने मेरो पूरै कोसिस छ। ’
उहाँले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको उल्लेख गर्दै नयाँ इतिहास बनाउन सम्भव भएको दाबी गर्नुभयो।
उहाँले अहिले सरकार सुशासन,विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको दाबी गर्नुभयो। प्रचण्डले भन्नुभयोे,‘हामीलाई दबाव छ। तर जनताको साथ छ। सरकारको काममा जनताको उत्साह देखिएको छ।’