Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु

सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु

  • शनिवार, जेठ ६ २०८०

  • 821
    SHARES

  • सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु

    काठमाडौं।सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् ।हिजो एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

    मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो। उनको सोही क्रममा मृत्यु भएको हो।

    अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेको छ। सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ।

    सगरमाथा आरोहण गर्न यो सिजन अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ४ सय ६६ आरोहीले अनुमति लिएका थिए। तीमध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोर्ट तयार हुँदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

    यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ।


    शनिवार, जेठ ६ २०८०१२:३६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij