Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अमेरिकी प्रतिवेदनमा राप्रपाको आपत्ति, दूतावासलाई लेख्यो यस्तो पत्र

अमेरिकी प्रतिवेदनमा राप्रपाको आपत्ति, दूतावासलाई लेख्यो यस्तो पत्र

  • शनिवार, जेठ ६ २०८०

  • 572
    SHARES

  • अमेरिकी प्रतिवेदनमा राप्रपाको आपत्ति, दूतावासलाई लेख्यो यस्तो पत्र

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले हालै अमेरिकाले सार्वजनिक गरेको‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाएको छ ।

    अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको उल्लेख गरेपछि राप्रपाले असहमति जनाएको हो ।

    उक्त प्रतिवेदनप्रति असहमति जनाउँदै राप्रपाले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत पत्राचार गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी राजदूत डीन आर थम्प्सनलाई लेख्नुभएको पत्रमा अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको टिप्पणी गर्नुभएको छ ।

    हिन्दु राज्य स्थापनाका लागि आफूहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्वीकार गरेको जिकिर गरेको छ ।


    शनिवार, जेठ ६ २०८०१२:३१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij