Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अधिवेशन तोकिएकै समयमा हुन्छ: अध्यक्ष जगत तिमिल्सिना

अधिवेशन तोकिएकै समयमा हुन्छ: अध्यक्ष जगत तिमिल्सिना

  • शुक्रवार, जेठ ५ २०८०

  • 870
    SHARES

  • अधिवेशन तोकिएकै समयमा हुन्छ: अध्यक्ष जगत तिमिल्सिना
    काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापकहरूको बृहत् भेलामा प्रजातन्त्रवादी प्राध्यापक संघ,  नेपालको केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले आम प्राध्यापकका मुद्दा समेट्न  र संगठनलाई गतिशील बनाउन पाँचौं राष्ट्रिय अधिवेशन अपरिहार्य भएको र पाँचौँ महाधिवेशन तोकिएकै मितिमा हुने  बताउनुभएको छ।
     
    विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रको राजधानी र बि पी को जन्मथलो बाट प्रजातन्त्रको स्थायित्वको लागि नियमित महाधिवेशन अपरिहार्य भएकोले प्राध्यापकहरूले सहयोग गर्नु पर्ने बताउनुभयो । 
     
    आगामी जेठ १९ र २० गते संघको पाँचौँ राष्ट्रिय अधिवेशन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । उक्त अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्नेछ।  उक्त कार्यक्रममा सङ्घका वर्तमान सचिव एवं पाँचौं राष्ट्रिय महाधिवेशनका  अध्यक्षका प्रत्याशी डा.  विष्णु पोख्रेलले  आम प्राध्यापकहरूको भावनालाई सम्बोधन हुने गरी संघलाई क्रियाशील गराउनु पर्ने बताउँदै मूलतः त्यसैका लागि आफ्नो उम्मेदवारी पनि भएको बताउनुभयो । 
     
    आंशिक प्राध्यापकहरूको  व्यवस्थापन २०७९ चैत्र मसान्तसम्म समयसीमा राखी विशेष आन्तरिक प्रतियोगिता गर्ने सभाको निर्णयलाई आगामी सभाबाट २०८० चैत्र सम्म कायम गरी निर्णय गर्नुपर्ने र पेन्सनमा नेपाल सरकारको समयसीमा नै त्रिभुवन विश्वविद्यालयको पनि समयसीमा  हुनु पर्ने  बताउनुभएको छ। सहप्राध्यापक डा. सत्यनारायण शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका  संस्थापक केन्द्रीय उपाध्यक्ष एवं क्याम्पस प्रमुख डा. बाबुराम तिमिल्सिनाले सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।
     
    केन्द्रीय उपाध्यक्ष शैलेन्द्र सिवाकोटीले अधिवेशनलाई सफल बनाउन लाग्नु पर्ने बताउनुभयो। प्रा. डा. बलराम पौडेलले अँध्यारोको विकल्प अँध्यारो नहुने भएकाले निर्वाचन अपरिहार्य भएको बताउनुभयो। राम प्रसाद पोख्रेल, डा अच्युत कट्टेल , डा प्रमोद खेरवार, वेद प्रसाद सङ्ग्रौला, सञ्जय ठाकुर, इन्दिरा प्रसाईं,  लगायत वक्ताहरूले अधिवेशन समयमै गरी पेसागत हकहितका मुद्दाहरू उठाउनु पर्ने कुरामा जोड दिनु भएको थियो। कार्यक्रमको संचालक सचिव नवीन अधिकारीले गर्नु भएको थियो।


    शुक्रवार, जेठ ५ २०८००७:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij