काठमाडौं। सरकारले विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिइने जनाएको छ। आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिइने बताउनु भएको हो ।