Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

असान्दर्भिक सरकारी कार्यालय, संघ संस्था खारेजी गर्ने सरकारको घोषणा

असान्दर्भिक सरकारी कार्यालय, संघ संस्था खारेजी गर्ने सरकारको घोषणा

  • शुक्रवार, जेठ ५ २०८०

  • 410
    SHARES

  • असान्दर्भिक सरकारी कार्यालय, संघ संस्था खारेजी गर्ने सरकारको घोषणा
    काठमाडौं  । सरकारले असान्दर्भिक बनेका सरकारी कार्यालयदेखि कोषसम्मलाई गाभ्ने वा खारेज गर्ने नीति अख्तियार गरेको छ ।
     
    संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार(आज) प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्देश्य अनुसार सञ्चालन हुन नसकेका निकायलाई खारेजीसम्म लैजाने उल्लेख गर्नुभएको हो ।
     
    ‘वर्तमान परिवेशमा असान्दर्भिक भएका, कार्यमा दोहोरोपन भएका र उद्देश्यअनुसार सञ्चालन हुन नसकेका सरकारी कार्यालय, सार्वजनिक संस्था, विकास समिति तथा कोषहरूलाई एकआपसमा गाभ्ने वा खारेज गरिने छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
     
    उहाँले खारेज भएका वा गाभिएका संस्थाहरूको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताउनुभयो ।
     
    यस्तै उहाँले अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाहरूको पुनः संरचना, पुनर्स्थापना, पुनरुत्थान गरिने बताउनुभएको छ।


    शुक्रवार, जेठ ५ २०८००४:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij