Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने

जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने

  • शुक्रवार, जेठ ५ २०८०

  • 441
    SHARES

  • जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने
    काठमाडौं । सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ । 
     
    आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताउनुभएको छ । 
     
    उहाँले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अरू अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने बताउनुभयो । 
     
    उहाँले कतिपय अस्पतालले जथाभाबी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औंल्याए अनुसारका उपकरणहरू मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने बताउनुभयो । 
     
    प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने बताउँदै उहाँले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । 
     
    मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो । 
     


    शुक्रवार, जेठ ५ २०८००३:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij