Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

टिआरसी विधेयकको टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन

टिआरसी विधेयकको टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन

  • शुक्रवार, जेठ ५ २०८०

  • 280
    SHARES

  • टिआरसी विधेयकको टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन

    काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

    उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहनुभएको समिति सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताले बताउनुभयो ।

    उहाँका अनुसार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालाहरुसँग छलफल गरी दफावार छलफल समेत गरेर उपसमितिले काज प्रारम्भ गरेको तीन साताभित्र समिति समक्ष प्रतिवेदन पेस गर्नुपर्ने बताउनुभयो ।

    समिति सभापति गुप्ताले उपसमितिले आफ्नो संयोजक आफैं चयन गर्न सक्ने र आफ्नो कार्यविधि आफैं निर्णय गर्नसक्ने बताउनुभयो ।


    शुक्रवार, जेठ ५ २०८००३:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij