Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको निर्देशन: ‘आज म संसद्मा जाँदा तामझाम र सडक अवरुद्ध नगर्नु’

राष्ट्रपतिको निर्देशन: ‘आज म संसद्मा जाँदा तामझाम र सडक अवरुद्ध नगर्नु’

  • शुक्रवार, जेठ ५ २०८०

  • 380
    SHARES

  • राष्ट्रपतिको निर्देशन: ‘आज म संसद्मा जाँदा तामझाम र सडक अवरुद्ध नगर्नु’

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्न जाँदा र फर्किंदा तामझाम नर्ग निर्देशन दिनुभएको छ।

    संघीय संसद भवनमा बस्ने दुवै सदनको संयुक्त बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किँदा सर्वसाधारणको सडक आवातजावतमा पनि रोक नलगाउन राष्ट्रपति पौडेलको निर्देशन छ ।

    राष्ट्रपति पौडेल आज अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ। ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले पनि राष्ट्रपतिज्यूको सवारी सामान्य हुने जानकारी दिनुभएको छ ।

    उहाँले भन्नुभयो,‘शीतलनिवासबाट नयाँबानेश्वर चोकसम्म राष्ट्रपतिज्यूको सवारी सामान्य हुन्छ,नयाँ बानेश्वर चोकदेखि सर्भिस लेनबाट औपचारिक सवारी हुन्छ।अन्य स्थानम सडक अवरुद्ध हुँदैन।’

    शीतलनिवासले पनि राष्ट्रपतिको सवारी गत चैत ७ गते घोडेजात्राका क्रममा भएको जस्तै हुने जनाएको छ। ‘उहिलेको जस्तो सडक नै बन्द गरेर अबदेखि राष्ट्रपतिज्यूको सवारी हुँदैन,’ पौडेलका प्रेस संयोजक खिला कार्कीले भन्नुभयो, ‘घोडेजात्राको जस्तै साधारण सवारी हुन्छ। राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती पाउँदैनन्।’


    शुक्रवार, जेठ ५ २०८००२:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij