Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रका २० जना नेताहरू चीन प्रस्थान

माओवादी केन्द्रका २० जना नेताहरू चीन प्रस्थान

  • शुक्रवार, जेठ ५ २०८०

  • 709
    SHARES

  • माओवादी केन्द्रका २० जना नेताहरू चीन प्रस्थान

    काठमाडौँ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ।प्रतिनिधि सभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो।

    भ्रमण दलमा माओवादी केन्द्रका नेताहरू गणेश साह,हितमान शाक्य,डिलाराम आचार्य,केशव नेपाल,पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत रहेका छन्।

    प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ। सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।


    शुक्रवार, जेठ ५ २०८००१:३०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij