Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसदमा प्रधानमन्त्री र सांसदहरुको सवालजवाफ,शरणार्थी प्रकरणदेखि लडाकू शिविर काण्डमा दोषि भेटाए जेल जान प्रधानमन्त्री तयार(खासखबर)

संसदमा प्रधानमन्त्री र सांसदहरुको सवालजवाफ,शरणार्थी प्रकरणदेखि लडाकू शिविर काण्डमा दोषि भेटाए जेल जान प्रधानमन्त्री तयार(खासखबर)

  • बिहिवार, जेठ ४ २०८०

  • 328
    SHARES

  • संसदमा प्रधानमन्त्री र सांसदहरुको सवालजवाफ,शरणार्थी प्रकरणदेखि लडाकू शिविर काण्डमा दोषि भेटाए जेल जान प्रधानमन्त्री तयार(खासखबर)

    काठमाडौं। संसदमा आज सरकार गठन भएको करिब पाँच महिनापछि पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच सवालजवाफ भएको छ। संघीय संसदको प्रतिनिधित्व गर्ने २० जना प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री प्रचण्डलाई सवाल गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले पनि प्रत्येक सांसदहरुको जवाफ फर्काउनुभएको छ भने केही जवाफमा आलटाल गर्नुभएको छ । प्रचण्डले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रश्नमा स्पष्ट जवाफ फर्काउनु भएन । केही वर्ष पहिला मुलुकलाई स्वीजरल्याड, सिंगापुर बनाउने उहाँको आफ्नै अभिव्यक्तिले आज जिस्क्याइरहेको छ ।

    राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्नुभएको छ। यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको समेत उहाँको भनाइ छ।

    नागरिक उन्मुक्ति पार्टीका सांसदको प्रश्नमा प्रचण्डले रेशम चौधरीलाई छाड्न आफूहरूले पहिला पनि प्रयास गरेको बताउनुभएको छ । अदालतबाट जे फैसला भएपनि त्यसलाई चाँडै टुंग्याउनुपर्छ भनेर सबैतिर आवाज उठाइएकोले आगामी दिनमा यो विषयलाई समाधान गर्न गम्भीर रहेको उहाँको भनाइ छ ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने जो कोहीलाई पनि नछाड्ने प्रचण्डको दाबी छ।प्रहरीलाई अनुसन्धानमा कहीँकतैबाट पनि दबाब नरहेको बताउँदै उहाँले भीभीआइपीहरु पनि अनुसन्धानको दायरामा आएको बताउनुभयो ।

    नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले निकट भविष्यमै हुने आसन्न भारत भ्रमणमा नेपाल–भारतको सीमा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय समेटिएको छ छैन भने प्रश्न गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले यो प्रश्नमा पनि अपूरो जवाफ फर्काउनुभएको छ ।

    नेकपा एमालेका सांसद रघुजी पन्तले प्रचण्डलाई व्यंग्यात्मक शैलीमा प्रश्न गर्नुभयो। पछिल्लो परिस्थितिमा नागरिकहरुलाई आर्थिक विपन्नतामा भइरहेका बेला प्रधानमन्त्री मोटाएको भन्दै पन्तले नागरिक मोटाउने योजना के छन् भनी प्रश्न गर्नुभयो। जवाफमा प्रचण्डले आफ्नो तौल घटेको बताउनुभएको थियो। आफू निकै दबाबमा रहेको संकेत प्रचण्डको थियो ।

    संसदमा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीको देश दौडाहा आफ्नै खर्चमा हो की सरकारको ढुकुटीबाट भन्दै प्रश्न गर्नुभएको थियो, यसमा पनि प्रचण्डले आलटाल जवाफ फर्काउनुभयो ।

    आजको बैठकमा प्रश्न सोध्ने अधिकांश सांसदहरुले सुशासन, अर्थतन्त्रको सुधार, भ्रष्टाचारको अन्त्यलगायतमा सरकारको जवाफ माग गरेका थिए । संसदमा उठेका प्रश्नहरुमा टेकेर सरकारले नयाँ भिजनका साथ अगाडि बढ्नु आजको आवश्यकता हो ।


    बिहिवार, जेठ ४ २०८००८:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij