Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : राष्ट्रहित प्रतिकूल अभियोग पनि लगाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरण : राष्ट्रहित प्रतिकूल अभियोग पनि लगाउने तयारी

  • बिहिवार, जेठ ४ २०८०

  • 806
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : राष्ट्रहित प्रतिकूल अभियोग पनि लगाउने तयारी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राष्ट्रहित प्रतिकूलको कार्य गरेको अभियोग पनि लगाउने तयारी भएको छ ।

    काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका बेला ‘राष्ट्रहित प्रतिकूलको कार्य नगर्न नहुने’ कसुरमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउँदै छ ।

    प्रस्तावित रायमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’ कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ ।

    उक्त दफाको उपदफा २ (क)मा उल्लेख भएको ’नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखन्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसूरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ।

    उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    ठगी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् भने १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।


    बिहिवार, जेठ ४ २०८००६:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij