Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले भोलि संसद् बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपति पौडेलले भोलि संसद् बैठकलाई सम्बोधन गर्दै

  • बिहिवार, जेठ ४ २०८०

  • 357
    SHARES

  • राष्ट्रपति पौडेलले भोलि संसद् बैठकलाई सम्बोधन गर्दै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संसद बैठकलाई संवोधन गर्नुहुने भएको छ। राष्ट्रपतिको कार्यलयका अनुसार भोलि शुक्रबार अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदन(प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकलाई सम्बोधन गर्ने तयारी भएको छ।

    आज बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले पनि शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराउनु भएको थियो। लगत्तै ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ।

    सभामुख घिमिरेले अपरान्ह ३ः४५ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ। सरकारले भोलि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।


    बिहिवार, जेठ ४ २०८००४:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij