काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पुष्टी भए जेल जान तयार रहेको बताउनु भएको छ ।
संसदमा आज जारी प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले यो आरोप पूर्वाग्रही भएपनि यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको बताउनुभएको हो ।
पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो,‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री,डा.रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो।उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’