Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा पक्राउ परेका १५ आरोपी को हुन् ?

शरणार्थी प्रकरणमा पक्राउ परेका १५ आरोपी को हुन् ?

  • बिहिवार, जेठ ४ २०८०

  • 749
    SHARES

  • शरणार्थी प्रकरणमा पक्राउ परेका १५ आरोपी को हुन् ?

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ।यो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मिया आज पक्राउ परेका छन्।यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितको भीआईपीलगायतलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

    यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन्।

    यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन्।यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल,पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए।

    यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए।यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा,सन्दीप रायमाझी,रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।आज पक्राउ परेका मियाबाहेक अन्य १४ जनाविरुद्ध बुधबार ३ दिनको म्याद थप भएको थियो।


    बिहिवार, जेठ ४ २०८००१:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij