Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘पार्टी सुधारको अभियान हो, विभाजनको परिकल्पना गरेका छैनौं ’: भरत खड्का

‘पार्टी सुधारको अभियान हो, विभाजनको परिकल्पना गरेका छैनौं ’: भरत खड्का

  • बुधवार, जेठ ३ २०८०

  • 1.1K
    SHARES

  • ‘पार्टी सुधारको अभियान हो, विभाजनको परिकल्पना गरेका छैनौं ’: भरत खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफूहरु यथास्थितिमा पार्टी अगाडि बढ्न सक्दैन भनेर सुधारका लागि अघि बढेको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुराकुरानी गर्दै उहाँले पार्टी तदर्थवादमा चलेकोले त्यसको व्यापक सुधारका लागि आँफुहरु अघि बढेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘१० महिनासम्म पार्टी केन्द्रीय समितिको बैठक बसेको छैन। ठूलठूला प्रकरणमा पार्टीको आधिकारिक धारणा आउन सकेको छैन। पार्टी तदर्थवादमा चलेको छ। त्यसको पहल त कसै न कसैले लिनुपर्यो भनेर पार्टीको व्यापक सुधारका लागि हामी अघि बढेका हौं’।

    नेता खड्काले आफूहरुको अभियान पार्टी विभाजनका लागि नभएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य कांग्रेसको सुधार हो। यो अभियान पार्टी विभाजनका लागि होइन। त्यसको परिकल्पना नै छैन ।’ आफूहरु असल नियतका साथ पार्टीको संस्थागत विकासमा लागेको उहाँको जिकिर छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्काल पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा खड्काको जोड छ। उहाँले थप्नु भयो,‘माथिल्लो ओहदामा पुगेका मानिसहरु भ्रष्टाचार त गर्थे गर्थे, अब मानव तस्करी पनि गर्न थालेछन् । त्यसमा पार्टीले आफ्नो धारणा बनाउनु पर्दैन ? दोषी जोसुकै होस्, गल्ती गरेको छ भने दण्डित गर्नुपर्छ । दूधको दूध. पानीको पानी हुनुपर्छ ।’


    बुधवार, जेठ ३ २०८००९:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij