Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम छ’ : डा. बाबुराम भट्टराई

‘रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम छ’ : डा. बाबुराम भट्टराई

  • बुधवार, जेठ ३ २०८०

  • 355
    SHARES

  • ‘रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम छ’ : डा. बाबुराम भट्टराई

    काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताउनु भएको छ। बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिनु भएको हो।

    टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

    सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजीर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोही अनुसार अपराधी मानिएका लाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गर्नुभएको छ ।

    ’अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाकक/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन्,’ भट्टराईले लेख्नुभएको छ,’ इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम।’


    बुधवार, जेठ ३ २०८००७:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij