Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले पनि आज मदनआश्रित स्मृति दिवस मनाउँदै

नेकपा एसले पनि आज मदनआश्रित स्मृति दिवस मनाउँदै

  • बुधवार, जेठ ३ २०८०

  • 268
    SHARES

  • नेकपा एसले पनि आज मदनआश्रित स्मृति दिवस मनाउँदै

    काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउँदै छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज(जेठ ३)मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो।

    मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा,खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

    यस्तै पार्टीले आज नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो। पार्टीले शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराइसकेको छ ।

    उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।


    बुधवार, जेठ ३ २०८००६:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij