Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा मुछिएर आत्मसमर्पण गरेका शेर्पा हिरासतमा घाइते, टाउकोमा नौ टाँका

शरणार्थी प्रकरणमा मुछिएर आत्मसमर्पण गरेका शेर्पा हिरासतमा घाइते, टाउकोमा नौ टाँका

  • मंगलवार, जेठ २ २०८०

  • 1.1K
    SHARES

  • शरणार्थी प्रकरणमा मुछिएर आत्मसमर्पण गरेका  शेर्पा हिरासतमा घाइते, टाउकोमा नौ टाँका

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो ।

    प्रहरीले शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिनुभयो। ‘उहाँ एक्कासि शौचालयमा लड्नुभयो । उपचार गराएर ल्याइसकेका छौँ । अहिले परिसरमै बयान दिइरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

    ँयो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

     


    मंगलवार, जेठ २ २०८००१:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij