Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सकियो टोपबहादुरको बयान

सकियो टोपबहादुरको बयान

  • मंगलवार, जेठ २ २०८०

  • 523
    SHARES

  • सकियो टोपबहादुरको बयान

    काठमाडौं। नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

    हिजो म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले रायमाझीको बयान पुरा भएको जानकारि दिनुभयो।उहाँले भन्नुभयो– ‘हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीको बयान सकिएको छ।’

    शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।


    मंगलवार, जेठ २ २०८०१०:४९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij