Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध हो,यसमा कसैले उन्मुक्ति पाउँदैन’ :रामकुमारी झाँक्री

‘शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध हो,यसमा कसैले उन्मुक्ति पाउँदैन’ :रामकुमारी झाँक्री

  • मंगलवार, जेठ २ २०८०

  • 303
    SHARES

  • ‘शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध हो,यसमा कसैले उन्मुक्ति पाउँदैन’ :रामकुमारी झाँक्री

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति नपाउने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने बताउनु भएको हो।

    उहाँले भन्नुभयो,‘यो बहुआयामिक काण्ड हो। यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन्। नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्छ। नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि र कानुनले दिएको अधिकार बमोजिम काम गरिरहेको छ। यसमा कसैले उन्मुक्ति पाउने सवालै छैन।’

    प्रधानमन्त्री र गृहमन्त्रीले नै कसैको दबाबमा काम गर्दैनौं भनिसकेपछि यसमा आशंका गर्नुपर्ने कुरै नरहेको उहाँको जिकिर छ । पूर्वमन्त्रीसमेत रहनुभएकी सचिव झाँक्रीले भन्नुभयो,‘यसमा कसैको राजनीतिक दबाब छैन। जो कोही भए पनि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने प्रतिबद्धता आइरहेको छ। यसमा हामीले अनुसन्धानकर्मीको मनोबल कमजोर बनाउने भन्दा पनि बढाउने काम नै गर्नुपर्छ।’ राज्यविरुद्धको अपराध गरेर सजिलोसँग पैसा कमाउने प्रवृत्ति घातक रहेको उहाँको टिप्पणी छ।

    फरक प्रसङ्गमा उहाँले कांग्रेस सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘उहाँलाई पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दलको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको छ । कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो–तिलानो दोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ। यो साइबर र मिडिया बुलिङका बावजूद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ, यो विषयमा छानबिन गर्नुपर्छ।’


    मंगलवार, जेठ २ २०८०१०:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij