Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणः बालकृष्ण खाँणको बयान आज पनि

शरणार्थी प्रकरणः बालकृष्ण खाँणको बयान आज पनि

  • मंगलवार, जेठ २ २०८०

  • 448
    SHARES

  • शरणार्थी प्रकरणः बालकृष्ण खाँणको बयान आज पनि

    काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ। गत बिहीबार पक्राउ परे पनि हिजोबाट विषय केन्द्रित सुरु भएको बयान आज पनि बयान लिन लागिएको हो।

    सरकारी वकिल प्रमुख एवं महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजोबाट सुरु भएको खाणको बयान आज पनि जारी रहने छ । सोही प्रकरणमा मुछिए पनि खाणले मोबाइल फरम्याट गरेकोले सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन् ।

    साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।

     


    मंगलवार, जेठ २ २०८००७:३०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij