काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ। हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ।
यसैगरी,आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम पनि छ ।
बैठकमा अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिनुभएको छ।
हिजो बैठकमा अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इसारामा चल्न थाले पछि सरकार छोडनु परेको र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाउनु भएको थियो । त्यस विषयमा आज पनि थप छलफल हुने छ ।
यस्तै अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पङ्क्तिलाई आग्रह गर्नुभएको थियो।