Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा कांग्रेस पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

शरणार्थी प्रकरणमा कांग्रेस पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

  • सोमवार, जेठ १ २०८०

  • 380
    SHARES

  • शरणार्थी प्रकरणमा कांग्रेस पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

    काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। उनले आज साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको रानीपोखरीका एआईजी श्यामलाल ज्ञावलीले जानकारी दिनु भयो।

    भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।

    उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिइएको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए।

    यो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।


    सोमवार, जेठ १ २०८००७:४०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij