काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने तारा बराललाई प्रहरीले पक्राउ गरेको छ।
आज जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बराललाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालत परिसरमा ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै बरालले नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।