Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा देउवा

मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा देउवा

  • सोमवार, जेठ १ २०८०

  • 502
    SHARES

  • मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा देउवा

    काठमाडौं। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाउनु भएको छ । आज जारी प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताउनु भएको हो ।

    उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ,नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (चरित्रमाथि बलात्कार) हो ।’

    महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै त्यो आफूले ब्यहोरिरहेको बताउनु भयो। ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उहाँले भन्नुभयो ।


    सोमवार, जेठ १ २०८००२:३८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij