काठमाडौं। नेकपा एमालेले पार्टी सचिव तथा सांसद टोपबहादुर रायमााझि पक्राउ परेको भोलिपल्ट आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। एमालेका नेता तथा कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डमा जुलुस निकालेका हुन्।
यस क्रममा एमाले प्रदर्शनकारीहरूले ‘दोषी नछुटून्,निर्दोष नफसून्’लेखिएको ब्यानर बोकेका थिए।प्रदर्शनमा एमाले नेताहरू महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्यलगायत सहभागी छन्।
हिजो साँझ नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव रायमाझी पक्राउ परेका थिए। यसको भोलिपल्टै आज एमालेले भ्रष्टाचारविरुद्ध जुलुस निकालेको हो।
अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गरेको हो। प्रदर्शन रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु भएको हो।