काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई वयानका लागि प्रहरीले बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा लगेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडलाई काठमाडौं जिल्ला अदालतले हिजो हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याथ थप गरेको थियो।
सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खाँडको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानका लागि गत साता पक्राउ गरेको थियो।