Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारको अनुसन्धानमा प्रहरी सक्रिय : बचाउने दाउमा अर्को गिरोह (खासखबर)

भ्रष्टाचारको अनुसन्धानमा प्रहरी सक्रिय : बचाउने दाउमा अर्को गिरोह (खासखबर)

  • खेम बम
  • आइतवार, बैशाख ३१ २०८०

  • 906
    SHARES

  • भ्रष्टाचारको अनुसन्धानमा प्रहरी सक्रिय : बचाउने दाउमा अर्को गिरोह (खासखबर)

    काठमाडौं । नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश पठाउने गिरोहमा संलग्नहरुको अनुसन्धानमा प्रहरी जुटेको छ । हालसम्म यो प्रकरणमा कनेक्सनमा रहेका १२ जना अभियुक्त प्रहरीको हिरासतमा रहेका छन् । पक्राउ पूर्जी जारी भएका तीन जना अहिले फरार अवस्थामा छन् । जसमा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, कांग्रेसका नेता आङतावा शेर्पा र ईन्द्रजित राईका छोरा निरज फरार रहेका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा नाम आइरहेका बेला पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन् बनेकी छन् भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा विभिन्न सञ्चारमाध्यममा स्पष्टिकरण दिँदै हिडेकी छन् । यो प्रकरण देशको मात्र नभइ अन्तर्राष्ट्रिय रुपमै मुलुकको इजजतसँग जोडिएकोले आरोपीमाथि सुक्ष्म छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला भीभीआइपीहरुलाई बचाउने गिरोह समेत सक्रिय भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारमा मुछिएका जो कोहीलाई पनि नंगेझार पर्नु अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले यो मानव तस्करी, संगठित अपराध, बेचबिखन सम्बन्धि मुद्धा भएकोले गहिरो रुपमा अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि मुख्य तीन दलका नेताहरु बसेर यो घटनालाई सामसुम पार्ने चलखेलमा लागेको तर्फ इंगित गर्दै उहाँले यो अन्तर्राष्ट्रिय विषय भएको पनि उल्लेख गर्नुभयो ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यो मुलुुकमा भ्रष्ट, दलालहरुको रकम दुवैका बैंकहरुमा डिपोजिट रहेको दाबी गर्नुभयो । हरेक क्षेत्रमा कनेक्सन रहेकोले ब्रोकरलाई समातेर कारबाहीको दायरामा ल्याए सबै पोल खुल्ने उहाँको दाबी छ ।

    नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले नक्कली भुटानी प्रकरणलाई छाँयामा पार्न विषयान्तर गर्न खोजिएको आरोप लगाउनुभएको छ । तत्कालीन समयमा लडाकु शिविर भएको भनिएको घोटाला कसैले पनि पुष्टि गर्न नसक्ने उहाँको दाबी थियो ।

    भ्रष्टाचार कुनै पनि मुलुकको रोग हो, यसको जरैबाट निर्मुल गर्न आवश्यक छ । राजनीतिमा पनि विभिन्न चरित्र र पृष्ठभूमिका मानिसहरु आउने भएकोले उनीहरुको आशक्ति नै भ्रष्टाचार भएको देखिएको छ । अबको राजनीतिलाई सङ्लो बनाउनका निम्ति राजनीतिकस्तरबाट, नागरिकस्तरबाट सचेत भएर अगाडि बढ्नु आवश्यक छ ।

     


    आइतवार, बैशाख ३१ २०८००७:०२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij