Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशका भ्रष्टाचारीहरुलाई जेल नकोचेसम्म म बोलिरहन्छु : ऋषि धमला (भिडिओसहित)

देशका भ्रष्टाचारीहरुलाई जेल नकोचेसम्म म बोलिरहन्छु : ऋषि धमला (भिडिओसहित)

  • शनिवार, बैशाख ३० २०८०

  • 304
    SHARES

  • देशका भ्रष्टाचारीहरुलाई जेल नकोचेसम्म म बोलिरहन्छु : ऋषि धमला (भिडिओसहित)

    काठमाडौं। रिपोर्टर्स क्लब नेपालका सभापति एवम् पत्रकार ऋषि धमलाले देशका भ्रष्टाचारीहरुलाई जेलमा नकोचेसम्म आफूले देशव्यापी रुपमा भ्रष्टाचारीहरुको विरुद्धमा बोलिरहने बताउनु भएको छ। आज (शनिबार) धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित धार्मिक महोत्सवलाई सम्बोधन गर्दै धमलाले यस्तो बताउनु भएको हो।

    उहाँले भन्नुभयो,‘जबसम्म यो देशका भ्रष्टाचारीहरुलाई जेलमा कोच्न सकिँदैन, तबसम्म म बोलिरहनेछु। म जनताको बीचमा रहनेछु। यहाँ नेपाल किन विकास भएन? नेपालमा तीन पटक क्रान्ति भयो,नेपाली जनताको सहभागितामा क्रान्ति भएको हो। नेताहरुले क्रान्ति गरे।तर,विकास गर्न सकेनन्। भ्रष्टाचार मात्रै गरे। मान्छेको जीवन भनेको मरेर जाने नै हो। हामी खाली हात आएका हौं। खाली नै जाने हो।’

    उहाँले अब देशमा भएका विकृति र विसंगतिको विरुद्धमा आफूले बुलन्द आवाज उठाउने बताउनु भयो।उहाँले आफूले व्यवस्था परिवर्तनको लागि पत्रकारिता गरेको सुनाउँदै अब विकास र समृद्धिको लागि आवाज उठाउने बताउनुभयो। उहाँले निलकण्ठमा तिव्र गतिमा विकास हुनुपर्ने भन्दै त्यहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन नगरपालिकाका नेतृत्वलाई पनि अपिल गर्नुभयो।

    उहाँले पार्टीभन्दा माथि उठ्न सके मात्रै देश विकास र समृद्ध हुने बताउनु भयो। उहाँले देशका नेताहरुका छोराछोरीहरु सम्पन्न भएको तर जनताको छोराछोरीको अवस्था अहिलेपनि उस्तै रहेको गुनासो पोख्नुभयो। उहाँले अब जनता चुप लागेर नबस्ने चेतावनी दिदैं राजनीतिक नेतृत्व नसच्चिए जनताले अब आँफै समाप्त पारिदिने बताउनु भयो ।

     


    शनिवार, बैशाख ३० २०८००६:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij