Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देश र जनतामाथिका गद्धारहरूलाई जेलमा कोच्नुपर्छ : मन्त्री किराती

देश र जनतामाथिका गद्धारहरूलाई जेलमा कोच्नुपर्छ : मन्त्री किराती

  • शनिवार, बैशाख ३० २०८०

  • 527
    SHARES

  • देश र जनतामाथिका गद्धारहरूलाई जेलमा कोच्नुपर्छ : मन्त्री किराती

    काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश र जनतामाथि गद्धार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताउनु भएको छ।आज काठमाडौंमा बाहिङ किरात मुलुखिमले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको पनि बताउनु भयो ।

    नेपालीलाई सुख,नेपालको विकास र समृद्धि होस् भनेर लोकतन्त्र ल्याएको भन्दै उहाँले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको टिप्पणी गर्नुभयो। अब ढिलो नगरी ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

    हिजो देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको उहाँको भनाइ छ। अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले यसको अन्त्य हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अंग्रेजी शब्दकोषको विमोचन समेत गर्नुभएको छ ।


    शनिवार, बैशाख ३० २०८००२:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij