Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हाम्रो भूमिकाले धमाधम ठूला नेता कारबाहीमा परे : रवि लामिछाने

हाम्रो भूमिकाले धमाधम ठूला नेता कारबाहीमा परे : रवि लामिछाने

  • शनिवार, बैशाख ३० २०८०

  • 352
    SHARES

  • हाम्रो भूमिकाले धमाधम ठूला नेता कारबाहीमा परे : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताउनु भएको छ।

    आज भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुग्नुभएका सभापति लामिछानेले रास्वपाको उदयका कारण अन्य दलहरु दबावमा परेको बताउनुभयो।

    अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको लामिछानेको जिकिर छ।

    ‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन गर्‍यो भन्ने सुन्यौं नि त। हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गर्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि।’

    उहाँले थप्नुभयो,‘हामीले त सुन्नेवित्तिकै कारबाही ग¥यौं, ७२ घण्टाभित्र साधारण सदस्य पनि नरहने गरी निष्कासन ग¥यौं, केही दलहरु छन्, वर्षौ पुराना भ्रष्टाचारका पुराना फाइल टन्न थाती राखेर धुलो लगाएर राख्छन्। अनि संरक्षण गर्छन्।’

    रास्वपाले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो।

    विगतमा दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने लामिछानेले दावि छ। नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि कानुनी मात्र नभई व्यवहारिक रुपमा नै निष्कर्षमा पु¥याउनुपर्ने लामिछानेले जोड दिनुभयो।


    शनिवार, बैशाख ३० २०८००२:३७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij