Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारमा चोखो कुनै पार्टी छैनन् : डा. गोविन्द केसी

भ्रष्टाचारमा चोखो कुनै पार्टी छैनन् : डा. गोविन्द केसी

  • शनिवार, बैशाख ३० २०८०

  • 420
    SHARES

  • भ्रष्टाचारमा चोखो कुनै पार्टी छैनन् : डा. गोविन्द केसी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले भ्रष्टाचारको कुरामा कुनै पनि दल चोखो नभएको आरोप लगाउनु भएको छ। माइतघर मण्डलामा भ्रष्टाचार विरुद्ध आन्दोलन गर्न पुग्नु भएका केसीले नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी सहितका सबै दलभित्र भ्रष्टाचारी रहेको बताउनु भयो।

    उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई सरकारले कारबाही गर्नुपर्ने भन्दै फरार टोपबहादुर रायमाझीलाई अबिलम्व पक्राउ गर्न माग गर्नुभयो। सरकारकै कमजोरीका कारण उनी फरार भएको र एमाले अध्यक्ष केपी ओलीले उनको बचाउ गरिररहेको डा केसीको आरोप छ।

    त्यस्तै,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दलभित्र पनि भ्रष्टाचार गर्ने मानिसहरु भएकाले उनीहरुलाई पनि कारबाही हुनुपर्ने उहाँले माग गर्नुभयो। उहाँले नक्कली भुटानी शरणार्थी बनाउने सबैलाई अनुसन्धानको दायरमा ल्याएर कारबाही गर्ने आस जनताले गरेकाले सरकारले यसमा पछि हट्न नहुने बताउनु भयो ।


    शनिवार, बैशाख ३० २०८००२:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij