Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने

  • शुक्रवार, बैशाख २९ २०८०

  • 214
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने
    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा शुक्रबार(आज) प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । 
     
    हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । यस्तै, २ वटा गैरभौगोलिकसहित ९ वटा प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । 
     
    बैठक आज बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि १२ बजेसम्म ८ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।   
     
    पार्टी महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिन कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा समूहगत छलफल हुने जानकारी दिनुभयो ।
     
    समूहगत छलफलपछि प्रदेश कमिटीका अध्यक्षहरूले सुझाव प्रस्तुत गर्नेछन् । सुझाव पेस गर्न हरेक प्रदेश अध्यक्षका लागि १० मिनेटको समय उपलब्ध गराइने छ । 
     
    प्रदेश अध्यक्षहरूले सुझाव पेस गरिसकेपछि आज नै स्थायी कमिटीको बैठक पनि बस्ने महासचिव पोखरेलले जनाउनुभएको छ । प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले पार्टीको आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने महासचिव पोखरेलको भनाइ छ । 
     


    शुक्रवार, बैशाख २९ २०८००६:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij