Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भुटानी शरणार्थी प्रकरण : लहरो तान्दा पहरो (खासखबर)

भुटानी शरणार्थी प्रकरण : लहरो तान्दा पहरो (खासखबर)

  • बिहिवार, बैशाख २८ २०८०

  • 950
    SHARES

  • भुटानी शरणार्थी प्रकरण : लहरो तान्दा पहरो (खासखबर)

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलेमतो गरेको आरोपमा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस, माओवादी केन्द्र र एमालेमा दबाब सिर्जना भएको छ । लहरो तान्दा पहरो भनेझैँ एकतर्फ हानेको तीर अर्कै तर्फ मोडिँदा सबैलाई टाउको दुखाईको विषय बनेको छ । चार महिना अघिसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्का शक्तिशाली गृहमन्त्री खाँण अहिले प्रहरी हिरासतमा पुग्दा यो घटनालाई चाँसोका रुपमा हेरिएको छ ।

    शरणार्थी समस्या समाधान गर्न होइन, नक्कली शरणार्थी खडा गर्ने प्रपञ्चमा ओली सरकारका पाला खडा गरिएको कार्यदलको प्रतिवेदनमा त्यतिबेलै प्रश्न उठिसकेको थियो । तर, ओलीलाई विस्थापित गर्दै देउवा प्रधानमन्त्री भएपछि गृह मन्त्रालयको नेतृत्वमा आएका खाँणले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलेमतो गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । यो विषयलाई कुनैपनि हालतमा विषयान्तर गर्न नहुने भन्दै विद्यार्थी संगठनहरुपनि प्रदर्शनमा उत्रिएका छन् । आज नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, माओवादी निकट अखिल क्रान्तीकारीले दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सरकारसँग ऐकेबद्धता जनाउँदै दोषीमाथि कारबाही गर्न भनेको छ । अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंहले यो प्रकरणलाई सामसुम पार्ने काम गर्न नहुने बताउनुभयो ।


    मानव तस्करीजस्तो जधन्य अपराधलाई संयुक्त राष्ट्र संघले पनि नजिकबाट हेरिरहेकोले यो अनुसन्धान थप पेचिलो बनेको छ । मुलुककै गृहमन्त्री, मन्त्रीनै यो कार्यमा संलग्न भइरहेका बेला एमालेले भने पानीमाथि हिलो छ्याप्ने काम गरिरहेको देखिएको छ । अहिले आएको प्रकरणलाई किनारा लगाउनुको साँटो एमाले अध्यक्ष केपी शर्मा ओली लडाकू शिविरको विषय तर्फ केन्द्रीत बन्नुभएको छ ।

    यता, नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनैपर्ने जिकिर गर्नुभयो । यो प्रकरणमा चुकियो भने नेपालका दलहरुप्रति जनताको भरोसा टुट्ने उहाँको दाबी छ ।


    नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सरकार पनि निर्मम भएर उभिएको छ । सरकारमाथि दबाब सिर्जना भएपनि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुट्टा नकमाउने बताइसक्नुभएको छ । यसरी भ्रष्टाचारीहरुको एकपछि अर्को फाइल खोल्दै जाने हो भने जनतामा समेत आशा पलाउने थियो ।

     


    बिहिवार, बैशाख २८ २०८००८:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij