काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन बिहीबार(आज) बंगलादेश जानुहुने भएको छ ।
हिजो बिहान मात्र बेलायतबाट फर्केका मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि आज बंगलादेशको राजधानी ढाका जान लाग्नुभएको हो ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको छ । भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन् । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।
चाल्र्स तृतीयाको राज्याभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उहाँ बेलायत जानुभएको थियो ।