Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मानव तस्कर गर्नेको जालो उदांगो बन्दै, कमिसन खोरलाई नछाड्ने गृहमन्त्रीको अडान (खास खबर)

मानव तस्कर गर्नेको जालो उदांगो बन्दै, कमिसन खोरलाई नछाड्ने गृहमन्त्रीको अडान (खास खबर)

  • बुधवार, बैशाख २७ २०८०

  • 416
    SHARES

  • मानव तस्कर गर्नेको जालो उदांगो बन्दै, कमिसन खोरलाई नछाड्ने गृहमन्त्रीको अडान (खास खबर)
    माधव तिमिल्सैना
    काठमाडौं । राज्य नै लागेर आफ्ना नागरिकलाई शरणार्थी बनाउँछ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । मुलुकमा सबैतिर चुस्तदुरुस्त चलिरहेका बेला गोप्य रुपमा गिरोह नै निर्माण गरी अन्तर्राष्ट्रिय जगतलाई समेत चक्मा दिनेगरी नक्कली शरणार्थी बनाउने काम भएको खुलासा हुँदै गएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा रामबहादुर थापा बादल गृहमन्त्री भएको बेला नागरिकलाई प्रलोभन देखाई अर्बौँ रकम घोटाला भएको रहस्य पर्दाफास भएको हो । यो विषय बाहिरिँदै गर्दा सो समयमा बनाइएको कार्यदलको समेत काम काम नभएको पुष्टि हुन थालेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार त्यतिबेला कार्यदल बनाउनुपर्ने कुनै कारण थिएन । 
     
    संसद्मा समेत भ्रष्ट्राचार मुछिएका जो कोहीलाई पनि छोड्न नहुने आवाज उठेको नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा र सांसद अर्जुननरसिंह केशीले भ्रष्ट कसैलाई पनि छोड्न नहुने बताउनुभएको छ । नेता होस् की नाता गहिरो रुपमा अनुसन्धान गर्नुपर्ने महामन्त्री थापाको जोड थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमप्रति कांग्रेसका नेताहरूले ऐक्यबद्धता जनाएका छन् ।
     
    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूले संसद्मा अर्धनग्न भएको उपलब्धि भ्रष्टहरूको छानबिन सुरु भएको दाबी गर्नुभयो । यता, रास्वपाका सांसद डिपी अर्यालले सरकारको कामको प्रशंसा गर्दै पार्टीभित्र भ्रष्ट पालेर संसद्मा ठुला कुरा नगर्न चुनौती दिनुभयो । 
     
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू भ्रष्ट भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । मानव तस्करी गर्ने काममा नेताहरूले अगुवाइ गरेको बताउँदै उहाँले राजनीति धेरै तल गिरेको बताउनुभयो । 
     
    यता, गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्ट्राचारले मुलुक जर्जर भएको बताउँदै खाडीमा रहेका नेपालीहरूको रक्षाका लागि भएपनि भ्रष्टहरूलाई कारबाही गर्नैपर्ने बताउनुभयो । 
     
    नेपालमा भइरहेका भ्रष्ट्राचारका श्रृखंलाले अन्तर्राष्ट्रिय जगतसम्म पनि गलत सन्देश प्रवाह गरेको छ । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रले मानवतस्करी गर्छ भन्दा विश्व जगतमा नेपालको नाम बदनाम भएको छ । यहीँ विषयलाई ध्यानमा राखी भ्रष्टहरू खोजी–खोजी कानुनी दायरामा ल्याउनु आजको आवश्यकता हो । 
     


    बुधवार, बैशाख २७ २०८००७:४६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij