Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणबारे स्वर्णिम वाग्लेले गराए विश्व समुदायलाई सार्वजनिक जानकारी

शरणार्थी प्रकरणबारे स्वर्णिम वाग्लेले गराए विश्व समुदायलाई सार्वजनिक जानकारी

  • बुधवार, बैशाख २७ २०८०

  • 2.0K
    SHARES

  • शरणार्थी प्रकरणबारे स्वर्णिम वाग्लेले गराए विश्व समुदायलाई सार्वजनिक जानकारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी दिनुभएको छ ।

    आज वाग्लेले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन, नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्पसनलाई ध्यानाकर्षण गराउनुभएको हो ।

    नक्कली भुटानी शरणार्थीको समाचार शेयर गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत वाग्लेले उच्च अन्तर्राष्ट्रिय अधिकारीलाई मेन्सन गर्नुभएको छ ।

    राष्ट्रसंघदेखि अमेरिकाले नेपालमा भुटानबाट खेदिएका सक्कली शरणार्थीको अन्तर्राष्ट्रिय पुनर्वासको मुद्दामा नेतृत्व गरेको थियो । अमेरिकालगायतका आठ देशले भुटानी शरणार्थीलाई सन् २००७ ताका पुनर्वास गरेका थिए । बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क र नेदरल्याण्डले लाख बढी नेपाली भाषा बोल्ने भुटानी शरणार्थीलाई स्वीकार गरेका थिए ।

    अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आएसँगै ती देशहरुको पनि चासो बढेको बेला राष्ट्रसंघदेखि अमेरिकी अधिकारीहरुसम्मलाई वाग्लेले गरेको ध्यानाकर्षण अर्थपूर्ण छ ।

     


    बुधवार, बैशाख २७ २०८००५:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij