Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पूर्वगृहमन्त्री खाँणलाई अदालत लगियो

पूर्वगृहमन्त्री खाँणलाई अदालत लगियो

  • बुधवार, बैशाख २७ २०८०

  • 580
    SHARES

  • पूर्वगृहमन्त्री खाँणलाई अदालत लगियो

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई अदालत लगिएको छ ।

    जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन ।

    उनीहरूलाई मेडिकल गरी सरकारी वकिल कार्यालयबाट आवश्यक प्रक्रिया अपनाएर अदालतमा म्याद थपको लागि पेश गरिनेछ । चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो ।

    पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको हो । खाणलाई उच्च सुरक्षा निगरानीका साथ अदालत लगिएको छ ।

    खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ । यस प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरिसकेको छ ।

    अनुसन्धानमा तानिएका एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।


    बुधवार, बैशाख २७ २०८००३:१५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij