Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शीर्ष नेताबीच विचाराधीन विधेयकबारे छलफल

शीर्ष नेताबीच विचाराधीन विधेयकबारे छलफल

  • मंगलवार, बैशाख २६ २०८०

  • 293
    SHARES

  • शीर्ष नेताबीच विचाराधीन विधेयकबारे छलफल

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संक्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएको छ।

    संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूणर् र सकारात्मक छलफल भएको बताइएको छ ।

    छलफलमा प्रधानमन्त्री प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको थियो ।


    मंगलवार, बैशाख २६ २०८००१:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij