Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभर पत्राचार

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभर पत्राचार

  • मंगलवार, बैशाख २६ २०८०

  • 1000
    SHARES

  • टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभर पत्राचार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा(एमाले)का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ।

    काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार हुुनु भएको छ।रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ।

    यसैगरी,पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाडेको छ। सोमबार अपरान्ह काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले जनाएको छ ।

    खाँडले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बतउनु भएको पनि प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा खाँडकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ।


    मंगलवार, बैशाख २६ २०८००७:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij