Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च पुगे युवराज सफल

रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च पुगे युवराज सफल

  • सोमवार, बैशाख २५ २०८०

  • 1.9K
    SHARES

  • रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च पुगे युवराज सफल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल सफल फेरी सर्वोच्चमा पुग्नु भएको छ। लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर आज सफल सर्वोच्च पुग्नु भएको हो ।

    रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ।

    लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।

    सो रिट सर्वोच्च प्रशासनले दर्ता भने गरिसकेको छैन। सफलले मुद्दा अध्ययनको क्रममा रहेको र आफूलाई बुधबार बोलाइएको जानकारी दिनु भएको छ ।


    सोमवार, बैशाख २५ २०८००५:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij