Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जोगियो ढाकाकुमार श्रेष्ठको सांसद पद, अदालतले सोध्यो निलम्बन गर्नुको कारण

जोगियो ढाकाकुमार श्रेष्ठको सांसद पद, अदालतले सोध्यो निलम्बन गर्नुको कारण

  • सोमवार, बैशाख २५ २०८०

  • 457
    SHARES

  • जोगियो ढाकाकुमार श्रेष्ठको सांसद पद, अदालतले सोध्यो निलम्बन गर्नुको कारण

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।

    आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको अदालतले जनाएको छ ।

    आफूलाई मन्त्री बन्ने प्रस्ताव आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न संसद् सचिवालयलाई सिफारिस गरेको थियो ।


    सोमवार, बैशाख २५ २०८००४:११:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij