काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
आज प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराउनु भयो।
अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको उहाँले जिकिर गर्नुभयो।त्यस्तै, लामिछानेले सरकारले पेस गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताउनु भयो।
असधारण अवस्थामा रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभएर समाधानमुखी नीति अंगिकार गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।