Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

किन नाङ्गिए संसद बैठकमै अमरेशकुमार सिंह ? जोगिए यस्तो कारबाहिबाट...

किन नाङ्गिए संसद बैठकमै अमरेशकुमार सिंह ? जोगिए यस्तो कारबाहिबाट...

  • सोमवार, बैशाख २५ २०८०

  • 492
    SHARES

  • किन नाङ्गिए संसद बैठकमै अमरेशकुमार सिंह ? जोगिए यस्तो कारबाहिबाट...

    काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ।सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग्दा सभामुख घिमिरेले समय नदिएपछि त्यसको बिरोधमा गञ्जी र सर्ट फुकालेर बिरोध जनाउनु भयो ।

    सभामुखले जानकारी गराएपनि सांसद प्रेम सुवाल र सांसद सिंहले बोल्नका लागि उठेरै समय माग्नुभयो तर सभामुखले पुनः विशेष र आकस्मिक समय निर्धारण नगरिएकाले नियमित कार्यसूचीमा जान सहयोग गर्न आग्रह गर्नुभयो।

    दुवै सांसदले नमानेर एकोहोरो बोलेपछि सभामुख घिमिरेले संसद बैठक सञ्चालनको नियमावलीको ख्याल गर्न र समय लिएर बोल्न आग्रह गर्दै धारा २० को नियम २० र २१ खण्डतिर ध्यानाकर्षण भएको जनाउ दिनुभयो। घिमिरेले बसेर बैठकका नियमित कार्यलाई सहयोग गर्न आग्रह गर्दै बोल्न समय नदिएको जानकारी गराएपनि सांसद सिंह र सुवाल निरन्तर बोलिरहनुभयो ।

    त्यसपछि सभामुखले नियमित कारबाहीलाई अगाडि बढाउने जानकारी गर्दै शुन्य समय प्रारम्भ भएको घोषणा गर्नुभयो। तर सांसद सिंह यतिमै रोकिनुभएन उहाँले बोल्न पाउनुपर्ने माग गर्दै आफूले लगाएको स्टकोट, सर्ट र सेण्डो खोलेर अर्धनग्न हुनुभयो। यता अन्य सांसदले उठेर सिंहको गतिविधिको विरोध सुरु गरे।

    अर्धनग्न भएपछि सांसद सिंहको नाम लिएर सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले नियम ३० को आधारमा चेतावनीसमेत दिनुभयो। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसदलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था छ। सोही अनुसार सभामुख घिमिरेलाई शिष्ट व्यवहार देखाउनुस् भन्दै असभ्य व्यवहार नदेखाउन आग्रह गर्नुभयो।

    सिंहले आफूले फुकालेको कपडा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारीमा रहनु भएको थियो। पटकपटकको चेतावनीपछि सांसद सिंहले कपडा लगाएपछि सभामुखले शून्य समय सञ्चालन गर्नुभएको हो ।

    यस्तो छ अभद्र व्यवहार गर्नेलाई कारवाहिको व्यवस्था,
    परिच्छेद–६
    बैठकमा सुव्यवस्था
    ३०. चेतावनी: बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ।

    ३१. बैठक कक्षबाट निष्काशन : (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।

    (२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ।

    (३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन। यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ।


    सोमवार, बैशाख २५ २०८००१:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij